Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज प्रजातन्त्र दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ७ २०८०
  • 4.7K
    SHARES

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता पाएको दिनका रुपमा स्मरण गरिन्छ । वि.सं २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएर रैतीबाट जनतामा रुपान्तरण भएको दिन हो । सशस्त्र संघर्षबाट १०४ वर्ष लामो राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा यो दिवस मनाउने गरिएको छ ।

भूमिगत प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरी प्रजातन्त्रका खातिर जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई विसं १९९७ साल माघमा मृत्युदण्ड दिइएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा राजसंस्थाले पनि साथ दिएपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना हुन सम्भव भएको थियो ।

यही प्रजातन्त्र आएकै बलमा देशले लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको छ । प्रजातन्त्र दिवस भव्य रुपले मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४