Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेदरल्यान्ड्समाथि नेपालको शानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ५ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ ।

१ सय ३८ रनको सामान्य लक्ष्य पाएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको हो ।

नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर १४१ रन बनायो ।

नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिल साह र आसिफ सेखले अर्धशतक बनाए ।

नेपालका अनिल शाहले ५७ र आसिफ सेखले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । भने, डच टिमका विलियन किंग्माले एक विकेट हात पारे ।

यसअघि, नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्सले ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन मात्र बनाएको थियो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारे ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । भने, एडवर्डसलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४