Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ५ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो ।

कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली  बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।

विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् ।

कँडेलले दर्ता गराएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि.क.। लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ ।

दर्ता भएको मुद्दामा लेखिएको छ,‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४