Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखा पवटीस्थित सुर्याेदय सहकारीका पूर्व कोषाध्यक्षले गरे आत्महत्या,सुसाईड नोटमा कसको नाम ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ५ २०८०
  • 90.4K
    SHARES

पुष्कर खड्का
रामेछाप । दोलखाको मेलुङ गाउँपालिका पवटीस्थित हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपानेले आत्महत्या गरेका छन् ।

न्यौपानेले आज विहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । गत माघ १५ गते सुर्याेदय सहकारी संस्थाको कार्यालयको मेन गेटसहित ५ वटा ताला तोडेर सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार नगद चोरी भएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारी व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो ।

न्यौपाने सूर्याेदय साकोसका संस्थालाई घर भाँडामा दिने घरबेटी समेत हुन्। न्यौपानेले सामाजिक संजाल फेसबुकमा सुसाईड नोट समेत राखेका छन् । उनले घटनामा संलग्न व्यक्तिहरुको किटान समेत गरेका छन् । न्यौपानेले उनले सहकारी चोरीको घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्दै कुनै पनि सामाजिक अपराध नगरेको दावी गरेका छन् ।

न्यौपानेले सहकारीबाट आफुले लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन् । उनले नर श्रेष्ठसंग डेढ लाख, रामप्रसाद काकासंग १० लाख, पवित्रा बास्तोलासंग ३ लाख, बिमा २ लाख र पुरुषोत्तम पाठकसंग १० हजार रहेको खुलाएका छन् । साथै उनले लेखेलाई १ लाख र सफललाई ३ लाख तिर्न बाँकी भएको नोटमा उल्लेख गरेका छन् ।

उनले वर्षौंदेखि आफुलाई फसाउन योजना बनाईएको पनि खुलाएका छन् । उनले मुकुन्द, सोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला लगायतको आपराधिक योजनामा आफु फसेको बताएका छन् । मुकुन्द मुख्य योजनाकार रहेको पनि उनले खुलाएका छन् ।

न्यौपानेले आमा र भाउजुलाई राम्रोसंग पाल्नु भन्दै आफ्ना भाईसंग अनुरोध गरेका छन् । आफुलाई फसाउनेलाई नछाड्न पनि उनले साथीभाईलाई अपिल समेत गरेका छन् ।
हेर्नुहोस् न्यौपानेको स्टाटस:

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४