Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैन : अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताउनुभएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउनु भयो ।

अध्यक्ष नेपालले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउनु भयो । उहाँले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गर्नुभयो ।

गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन । अहिले कुनै विकल्प छैन । लोकतन्त्रको पक्षपोषणहरु को हुन् ? संविधानका पक्षपोषकहरु को हुन् ? संघीयताका पक्षपोषक को हुन् ? ति मित्र नभएर शत्रु हुन्छन् ? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ । तर एउटा कुरा पक्का छ । यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन । यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो ।

यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरु अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरुलाई साथमा लिएर जाने हो । यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरु छन्, तिनीहरुमध्ये अहिले सामेल भएका दलहरुबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ । अध्यक्ष नेपालले बताउनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४