Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वालिङ महोत्सवमा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २९ २०८०
  • 3K
    SHARES

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ ।

आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।

आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो कमजोर सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको पाइएको छ ।

गायक दुर्गेश थापाले घटनाबारे दुःख व्यक्त गर्दै घटनालाई सामान्य रुपमा हेरिदिन आग्रह गरेका छन् ।

उनले भने, ‘गीत गाउँदै थिए, म माथि आक्रमण भयो ।’ जुत्ता प्रहारपछि मञ्चबाट उनले कुनै प्रतिक्रिया जनाएनन् । निरन्तर प्रस्तुति दिइरहे ।

आठौं वालिङ महोत्सवका संयोजक चेतनारायण श्रेष्ठले कलाकार थापामाथि जुत्ता प्रहार बारे आफूलाई केही जानकारी नभएको बताए । तर, घटनाको बेला आफू भने मञ्चमै भएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४