Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २९ २०८०
  • 2.5K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. माघ २९, २०८० । ई.सं. 12 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लाथ्व । पिङ्गल उत्तरायण शिशिर । सोमबार माघ शुक्लपक्ष । तिथि द्वितिय ००:५३ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र शतभिषा २१:१२ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा । योग परिघ १३:५० बजेसम्म, त्यसपछी शिव । करण वालव १४:०४ बजेसम्म, त्यसपछी कौलव ००:५३ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग राक्षस । दिनमान ११:४ । सूर्योदय ६:४७ । सूर्यास्त १७:५१ । त्रिपुष्कर २१:१२ देखि ०:५३ सम्म । चन्द्रोदयः सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसर प्राप्त भए पनि आलस्य गर्ने बानीले समस्या निम्त्याउनेछ। परिवारमा असमझदारी बढ्न सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। दिउँसाेदेखि रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ र मनग्य धनलाभ हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। लगनशीलताले सफलता दिलाउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजाेर रहनाले काम गर्न समय लाग्नेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नाले दौडधुप गर्नुपर्ला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले जाेश–जाँगर बढ्नेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। दिउँसाेदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन्। अस्वस्थताले काममा बाधा पुर्याउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको करकापमा गरिएकाे कामले समस्या निम्त्याउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। व्यर्थैमा शत्रु बढ्न सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। समय लागे पनि स्थितिमा सुधार आउनेछ। साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ। भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ–सहयाेग प्राप्त हुनेछ। आज अरूलाई दिने नभई धनमाल भित्र्याउने समय छ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। चिताएकाे काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४