Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोहना नदीमा बालुवाको अवैध उत्खनन, वन क्षेत्र डुबानमा पर्ने जोखिम बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २२ २०८०
  • 3K
    SHARES

काठमाडौँ । कैलाली र कञ्चनपुरको सिमानामा पर्ने मोहना नदीमा मनोमानी ढंगले नदीजन्य पदार्थको उत्खनन तथा संकलन हुने गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारहरुले मनपरी रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्ने गरेका हुन् । पुलको ५ सय मिटर वरपरको क्षेत्रमा बालुवा निकाल्न नपाइने मापदण्ड भए पनि बालुवा निकाल्ने ठेक्का पाएको सगरमाथा कन्स्ट्रक्सनले मापदण्ड मिचेर वालुवा निकालिरहेको हो ।

मोहना नदीबाट नदीजन्य पदार्थ संकलन गर्ने ठेक्का पाएको सगरमाथा कन्स्ट्रक्सन कम्पनीले तटबन्धन गरेको क्षेत्रमा समेत इस्काभेटर लगाउने र पुलको ५ सय मिटरभित्रै डोजर लगेर बालुवा निकाल्ने गरेको छ । राजघाटमा निर्मित मोहनामाथीको पुल वरिपरिबाट बालुवा उत्खनन् हुनुका साथै जनताको तटबन्धन कार्यक्रमबाट लगाइएको तटबन्ध समेत भत्काएर पुल छेउमै टिप्परका लागि बाटो बनाइएको छ । यसले मोहना नदीको कटान बढ्ने र भविष्यमा नदी बस्तीमै पस्ने चिन्ता बढेको कृष्णपुर– ९ कञ्चनपुरका स्थानीय बताउँछन् ।

पुल निर्माणपछि त्यसको करिब ५ सय मिटर छेउछाउमा तटबन्धन गरिएको थियो । वारी र पारी दुवै क्षेत्रमा गरिएको तटबन्धनले बस्ती र जंगल जोगिने अपेक्षा लिएका स्थानीयलाई सो क्षेत्रबाट बालुवा निकाल्न शुरु भएपछि चिन्ता बढेको छ । राज्यको लाखौँ खर्च गरेर बनाइएको तटबन्ध नै भत्किने गरी बालुवा निकाल्दा प्राकृतिक स्रोतको दोहोन मात्रै होइन स्थानीयको उठिबास समेत हुने धनगढी उपमहानगरपालिका– ३ कैलालीका स्थानीय रणबहादुर खड्काको चिन्ता छ ।

तटबन्ध समेत भत्काएर बालुवा निकाल्दा वन क्षेत्र समेत डुबानमा पर्ने र त्यसले जंगल क्षेत्र समेत नासिने जोखिम बढेको भन्दै मापदण्ड विपरितको उत्खनन् तत्काल रोकिनुपर्ने शान्ति सामुदायिक वन उपभोक्ता समुह कैलालीका अध्यक्ष निता शाहीको माग छ ।

स्थानीय प्रशासन र ठेक्का लगाउने कृष्णपुर नगरपालिकाले भने अवैध उत्खननप्रति चासो दिएका छैनन् । स्थानीयले बारम्बार गुनासो गर्दा पनि प्रशासन र नगरपालिकाले बेवास्ता गर्नुमा मिलेमतोको आशंका समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४