पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नं ६ का ३६ वर्षीय पूर्णबहादुर बरुवालको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बरुवाल आइतबार दिउँसो घरबाट १ किलो मिटर टाढा रहेको बशेरी भिरबाट लडेर करिब ४०० मिटर तल खसेर उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार बरुवालको मृत्यु बारे प्रहरी घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता रञ्जन गिरीले बताउनु भयो ।