Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तत्काल मन्त्रीमण्डल फेरबदल हुने अवस्था छैन : मन्त्री गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १७ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ ।

मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताउनुभएको हो ।

नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताउनभयो ।

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएपनि खासै असर नपार्ने बताउनुभयो । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताउनुभयो । सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४