Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले भारत र बंगलादेश दुवैलाई हराए पनि सेमिफाइनल यात्रा कठिन !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १५ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।

नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ ।

समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो ।

पाकिस्तान र भारत दुवै समूह डी र ए का विजेता बन्दै सुपर सिक्समा ४-४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २-२ अंकका साथ आएका छन् । नेपाल र आयरल्यान्ड भने अंक विहीन हुँदै आएका छन् ।

यदि पाकिस्तान र भारतले एक/एक खेल जितेको खण्डमा पनि ६–६ अंकमा पुग्नेछन् । अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ । त्यसैले गर्दा दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा धेरै भरपर्नुपर्छ । जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ ।

सुपर सिक्सको अंक तालिका

ग्रुप १ को सुपर सिक्समा भारत २ खेलमा ४ अंकका साथ नेटरनरेट प्लस २.८५० का साथ शीर्षस्थानमा छ । पाकिस्तानको पनि ४ अंक भए पनि नेटरनरेट प्लस १.३५६ हुँदा दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा २ अंकका साथ नेटरनरेट माइनस ०.६५१ हुँदा तेस्रो स्थानमा छ । बंगलादेश २ अंकका साथ नेटरनरेट माइनस ०.८०० हुँदा चौथो स्थानमा छ ।

नेपाल २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस ०.८०० हुँदा पाँचौं स्थानमा छ । आयरल्यान्ड २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस २.२२७ हुँदा पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४