Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसो अझै केही दिन बढ्ने, सतर्क रहन सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १४ २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो अझै केही दिन बढ्ने भएको छ ।

अझै हिउँदे वर्षा नभएकाले पनि यो वर्षको जाडो लम्बिन सक्ने महाशाखाले जनाएको छ । चिसो र शीतलहर बढ्ने भएकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ ।

चिसो बढ्दै जाँदा काठमाडौँलगायतका देशका सबै स्थानमा तापक्रम घटेको छ । काठमाडौँमा बिहीबार र शुक्रबारको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियसमा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री र आइतबार बिहान पौने ६ बजे २.२ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम मापन भएको हो ।

गत वर्षको तुलनामा यस वर्षको चिसो यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन पछि भएको छ । गतवर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यसवर्ष जाडो फागुनको अन्तिमसम्म रहन सक्ने र वर्षा भएमा चिसो धकेलिएर पूर्वमनसुनको समयसम्म पनि पुग्न सक्ने महाशाखाको अनुमान छ ।

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको बताइएको छ ।

जस अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियसभन्दा तल पुग्ने क्रममा छ । त्यस्तै जोमसोममा माइनस ५.५ डिग्री पुगेको छ भने नौ हजार मिटरमाथिको उच्च हिमाली भेगको पश्चिमी हिमाली भेगमा न्यूनतम तापक्रम माइनस ४१ डिग्री पुगेको छ । त्यसैगरि मध्य क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४३ डिग्री र पूर्वी क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४५ डिग्री पुगेको छ ।

उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेकाले त्यसको प्रभावले तराईका जिल्लाहरुमा शीतलहर बढेको छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा वायुमण्डलको पारदर्शिता शुन्य हुँदा हवाई उडानसमेत प्रभावित भएको छ । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४