Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १२ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने अनुमान गरिएको हो ।

दक्षिण अफिक्राले इजरायलले गाजापट्टीमा नरसंहार मच्चाएको भन्दै दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।

दुई साताअघि सुरु भएको मुद्दामा दुवै पक्षले आफ्ना दलिल पेश गरिसकेका छन् । इजरायले अफ्रिकाले लगाएको नरसंहारको आरोप अस्वीकार गरेको छ ।

अदालतको यो निर्णय बाध्यकारी गर्न नसकिने भएपनि अन्तर्राष्ट्रिय न्यायालय विपक्षमा जानु राजनीतिक रूपमा महत्वपूर्ण ठहरिने छ ।

युद्ध सुरु भएयता गाजापट्टीमा ज्यान गुमाउनेको सख्ंया २५ हजार बढी नाघिसकेको छ । हजारौं घाइते भएका छन् । आक्रमणमा अधिकांशतः महिला र बालबालिका शिकार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४