Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति भएको तथ्यांक सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ९ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । मेलम्चीमा गएको बाढी र पहिरोले करिव एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गरिएको हो ।

अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिव ७० लाख बराबरको आर्थिक हानी नोक्सानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बाढीले प्रत्यक्ष हानी नोक्सानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययनले देखाएको छ । गैर आर्थिक हानी नोक्सानी तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताउनु भयो ।

अनुसन्धानकर्ता पराजुलीले भन्नुभयो, ‘यो अध्ययनमा हामीले विशेष गरेर आर्थिक र गैर आर्थिक क्षति तथा नोक्शानीको विश्लेषण गरेका छौं । त्यसका लागि हेलम्बु र मेलम्ची नगरपालिकामा १२० वटा घरधुरी सर्वेक्षण, दुई वटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिनसक्ने व्यक्तिहरुसँग हामीले सूचनाहरु संकलन गरेर यो रिपोर्ट तयार पारेका छौं । यो चाहीँ खासमा भन्नुपर्दा नेपालमा पहिलो पटक मेलम्चीको जुन बाढी आयो २०७८ साल असार १ गते । त्यस सम्बन्धि विभिन्न अध्ययन, अनुसन्धान भइसकेका थिए । तर विशेष गरेर हामीलाई आर्थिक हिसावले घरधुरीसम्म पुगेर एउटा घरको औषत क्षति तथा नोक्शानी कति हो ? भन्ने कुरा त्यो स्तरको तथ्यांक नभइरहेको परिवेशमा हामीले त्यहीको पालिकाहरुसँग समन्वय गरेर घरधुरीमै पुगेर उहाँहरुको क्षतिको विश्लेषण गर्ने काम गरेका छौं । त्यो अर्थमा हामीले आर्थिक रुपमा एक घर बराबर लगभग ७० लाख रुपैयाँ औषतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ । यो भन्दा अगाडि हामीले जुन सूचनाहरु संकलन गरेका थियौं नगरपालिकाबाट । त्यो नगरपालिकाको तथ्यांकअनुसार अहिले दुई वटा नगरपालिकामा गरेर करिव ६५ अर्व रुपैयाँ आर्थिक क्षति भएको भनेर आँकलन गर्नुभएको छ । त्यो ग्यापलाई कम गर्ने जमर्को गरेको छ । अर्को महत्वपूर्ण पक्ष जुन नगदमा मूल्यांकन गर्न सकिँदैन । जसलाई हामी गैर आर्थिक क्षति तथा नोक्शानी भन्छौं । त्यसमा मानसिक समस्याहरु हुने, संस्कृति र पर्यटन सम्बन्धि क्षति हुने । र मान्छेको जीवनमा प्रत्यक्ष असर पार्ने कुराहरु पनि हामीले यसमा ल्याउने जमर्को गरेका छौ ।’

वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताउनु भयो । उहाँले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताउनु भयो । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिव ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताउनु भयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताउनु भयो । उहाँले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपूर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको पनि बताउनु भयो । मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिनुभयो ।

मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्शानीबारे पहिलो पटक वृहत अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ । यसअघि मेलम्चीको आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको अध्ययन गरिएको थिएन । सांस्कृतिक र धार्मिक क्षेत्रमा परेको असरबारे पनि अध्ययन गरिएको छ ।

गैर–आर्थिक हानि र नोक्शानीले मौद्रिक हिसावले सजिलै मापन वा क्षतिपूर्ति गर्न नसकिने प्रतिकुल प्रभावहरूलाई बुझाउँछ । यसले समुदाय र मानव जीवनको क्षति, सांस्कृतिक र सामाजिक प्रभावहरू, जैविक विविधताको हानि, सेवाहरूको अवरोध लगायतलाई समेटेको हुन्छ । अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औंल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४