Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भगवान रामको ससुराली जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालिने कार्यक्रम रहेको छ । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बाल्न लागिएको हो ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन साँझ १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरि आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

राम मन्दिरको उद्घाटन हुने दिन दुवै देशका लागि विशेष महत्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ भने सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त पनि अयोध्या पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४