Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायल र हमासबीच मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ३ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभुत आपुर्ति सहज गर्ने भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्र्बी कतार भ्रमणमा रहेकै बेला उहाँ र कतार सरकारको मध्यस्थतामा यो सम्झौता भएको हो । सम्झौता अनुसार आज मानीय सामग्री कतारको दोहाबाट इजिप्टका लागि प्रस्थान गर्नेछ भने भोली बिहान सम्ममा गाजा पुग्ने अनुमान गरिएको छ ।

इजरायली बमबारीका बीच इजरायलले गाजामा खाद्यान्न र पानीको आपुर्तिमा रोक लगाएपछि हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुलाई हमासले औषधी खानबाट पनि बन्चित गरेका थिए ।

गत साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको गुप्तचार एजेन्सी मोसादका प्रमुख डेभिड बर्नियासँग भेट गरी गाजामा औषधी उपलब्ध गराउन कतारको समन्वयकारी भुमिकाका लागि अपील गर्न आग्रह गर्नुभएको थियो ।

यो सम्झौतालगत्तै प्रधानमन्त्री नेतान्याहुले सम्झौताका लागि समन्वयकारी भुमिकाका लागि कतार र अमेरिकालाई आभार व्यक्त गर्नुभएको छ । हमासको कब्जामा अझै पनि १ सय ३२ जना बन्धक रहेको इजरायलको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४