Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघे सङ्क्रान्तिमा खाइने खानेकुराका फाइदा र विशेषताहरु यस्ता किसिमका रहेका छन् !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १ २०८०
  • 4.9K
    SHARES

काठमाडौँ । माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति नेपालको एक प्रमुख चाड हो । यसलाई माघी नामले पनि चिनिन्छ । माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति मनाइने गरिन्छ ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा यस पर्वलाई भिन्नाभिन्नै नामले चिनिन्छ । यसलाई फरक फरक समुदायमा भिन्नाभिन्नै तरिकाले मनाउने गरिन्छ । ज्योतिष शास्त्र अनुसार सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनलाई मकर सङ्क्रान्ति भनिएको हो ।

माघे सङ्क्रान्तिमा विभिन्न पवित्र नदीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु ,तरुल र सखरखण्ड खाने गरिन्छ । यस्ता खानेकुराले शरीर पोसिलो हुनुका साथै निरोगी हुने र रोगवाद लाग्दैन भन्ने मान्यता रहेको छ । यस्ता खानेकुराहरूले शरीरमा तागत, पोषण र शरीर न्यानो राख्दछ ।

माघ महिनामा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने र मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी रोग र अन्य रोगबाट मुक्त हुन सकिन्छ ।

माघे सङ्क्रान्ति थारुहरूको मौलिक संस्कृतिले भरिएको विशेष पर्व पनि हो । सङ्क्रान्तिमा थारुहरू नाचगान गर्ने र ठुलोबडाबाट आर्शिवाद लिने गर्दछन् ।

मगर जातिहरूले भने यस पर्वलाई ३ दिनसम्म विशेष धूमधामका साथ मनाउने गर्दछन् ।

माघे सङ्क्रान्तिलाई विभिन्न खानेकुराको माध्यमबाट पनि चिनिन्छ । सङ्क्रान्तिमा विशषगरि घिउ, चाकु, तिलको लड्डु ,तरुल, सखरखण्ड र खिचडी जस्ता खानेकुराहरू खाइन्छ । यिनीहरूको पनि छुट्ट्टाछुट्ट्टै फाइदा रहेका छन् ।

घिउ र चाकु

माघे सङ्क्रान्तिलाई घिउ चाकु खाने दिन पनि भनिन्छ । घिउ चाकुले शरीरमा गर्मीको मात्रालाई बढाउँछ । यसले शरीरमा शक्ति प्रधान गर्नुको साथै चिसोको कारण हुने समस्याहरूबाट बचाउँछ । घिउ र चाकुले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमताको समेत विकास गराउँछ । ।

चाकुमा ग्लुकोजको अत्यधिक हुने गर्दछ । साथै यसमा क्यालोरी, कार्बोहाइड्रेट र आइरनको मात्रा पनि बढी हुन्छ । त्यसकारण मधुमेह, मिर्गौलाका बिरामीहरूले र तौल बढी भएका व्यक्तिहरूले चाकु नखानु नै उपयुक्त हुन्छ ।

तिलको लड्डु

अक्सर हामी माघे सङ्क्रान्तिमा मात्र तिलको लड्डु खान्छौँ । तिलको लड्डु माघे सङ्क्रान्तिमा मात्र नखाएर जाडो महिनाभरि खाएमा यसले मानव शरीरलाई थुप्रै फाइदा गर्छ । तिलको लड्डुले पेटमा भएको अपच, अजीर्ण, ग्याँस बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदि समस्यालाई निवारण गरि पेटलाई सफा राख्न मदत गर्छ ।

यसले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरी शरीरलाई न्यानो बनाई राख्न मद्दत गर्दछ । चिसोको कारण एलर्जी हुनेहरूका लागि पनि यो फाइदाजनक छ । तिलको लड्डुले महिलाहरूको महिनावारीमा हुने गडबडीलाई पनि ठिक पार्छ ।

ठिक समयमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता समस्याहरूको लागि पनि तिलको लड्डुले फाइदा गर्दछ । यसले विभिन्न रोगहरू रक्त अल्पता, उच्च पोषक, छाला, हाड जोर्नीको समस्या, रुघा मर्की दम खोकी, मुटु, नङ र केश जस्ता समस्याको समाधानका लागि पनि लाभदायक हुन्छ ।

तरुल र सखरखण्ड

तरुल र सखरखण्ड जमिन मुनी फल्ने रेसादार कन्दमूल हो । यो जमिनमुनि फल्ने भएकाले यसमा भिटामिन सी, कार्बोहाइड्रेट, भिटामिन ए, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम जस्ता मानव शरीरलाई आवश्यक तत्त्वहरू प्रदान गर्छ ।

सखरखण्डाले पाचन प्रक्रियालाई बलियो बनाउनुको साथै रक्तचाप नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । स्वास्थ्य व्यक्तिका लागि तरुल र सखरखण्ड जति फाइदाजनक छ मृगौला रोगीहरूको लागि यो त्यत्ति नै हानिकारक पनि छ ।

खिचडी

दाल र चामलको मिश्रित पकवानलाई खिचडी भनिन्छ । धेरै जसो मानिसहरूले माघे सङ्क्रान्तिमा खिचडी खान्छन् । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम र फस्फोरस जस्ता तत्त्व पाइन्छ ।

खिचडीमा तेल मसलाको प्रयोग हुँदैन, जसले गर्दा पचाउन सजिलो हुन्छ । त्यसैले चिकित्सकहरू पनि बिरामीहरूलाई खिचडी खान सल्लाह दिन्छन् । खिचडी पित्त तथा कफको समस्या भएका बिरामीका लागि सबैभन्दा उपयुक्त खानेकुरा मानिन्छ । यसले खिचडीले मानव स्वास्थ्यमा शरीरमा कुनै असर गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४