Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २७ २०८०
  • 4.9K
    SHARES

काठमाडौं । आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । राजा भएपछि उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरे । त्यसपछिका उनका उत्तराधिकारीहरुले पश्चिमकमा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका हुन् ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट र वि.सं १८२६ सालमा काठमाडौं उपत्यकामा विजय पाप्त गरेका हुन् । यसपछि उनले पूर्वको चौदण्डी, विजयपुर लगायतका राज्यहरु पनि जित्न सफल भए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने एतिहासिक सफलता पाए पनि आलोचकहरुले उनलाई एकल जातिवादको पक्षपोषक भएको आरोप लगाउने गरेका छन् ।

विगत केही वर्ष यता विवाद हुँदै आएपनि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४