Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मोक्तानले दुर्घटना गराएको पालिकाको गाडी मर्मतको लागि सरकारी कोषबाट साँढे पाँचलाख बढी खर्च


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २५ २०८०
  • 10K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले आफू चढ्दै आएको गाउँपालिकाको प्रदेश ३–०१, ००२ झ ५१०६ नं को गाडी सिक्ने क्रममा दुर्घटना भएको थियो ।

सोही दुर्घटना भएको गाडी गाउँपालिकाकै बजेटबाट मर्मतको लागी ५ लाख ५६ हजार ६ सय ३ रुपैँया खर्च गरिएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मोक्तानले शक्तिको दुरुपयोग गर्दै आफू चढ्दै आएको
पालिकाको गाडी सवारी चालक अनुमति पत्र नै नभैकन गाउँपालिका अध्यक्ष मोक्तानले सिक्ने क्रममा दुर्घटना भएको हो ।

गाउँपालिकाले गाडी चलाउन सरकारी खर्चमा ड्राइभर राखेको छ । मोक्तानले सिक्ने क्रममा गाउँपालिका कार्यालयबाट स्वास्थ्य चौकी टोकरपुर पुर्‍याएर त्यहाँबाट गाउँपालिका कार्यालयमा ल्याई पुन निकाल्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति पुगेको थियो ।

अध्यक्षले चलाउँदा गाडीमा क्षति भएपछि सामाजिक सञ्जालमा अध्यक्षको आलोचना भएको थियो । स्थानीयले गाडी मर्मत खर्च गाउँपालिका अध्यक्षले व्यक्तिगत रूपमा तिर्नुपर्ने माग राख्दै आएका थिए । उक्त गाडी मर्मतको लागि गाउँपालिकाको कोषबाटै गाउँ कार्यपालिका बैठकले सो गाडी मर्मत गर्दा आएको ५ लाख ५६ हजार ६ सय ३ रुपैँयाको बिल भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४