Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा कसरी हुँदैछ सीट बाँडफाँट ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २२ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो ।

आज बैठक बस्ने बताइएको भए पनि समय तोकिएको छैन । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य चयन गर्न आगामी माघ ११ गते चुनाव हुँदै छ । र यसका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।

सत्ता गठबन्धनमा ७ दल सहभागी भए पनि राष्ट्रियसभाको चुनावमा भने चार दलबीच गठबन्धन हुने देखिएको छ । चार दलमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादी र जसपाले ३-३ सदस्यमा दाबी पेस गरेका छन् ।

तर गठबन्धनमा कांग्रेसलाई ९, माओवादी केन्द्रलाई ६ र एकीकृत समाजवादी र जसपाले २-२ सदस्य लिएर भागबन्डा मिलाउने आन्तरिक तयारी भएको बुझिएको छ । यसअघि शनिबार बिहान बसेको गठबन्धन दलका नेताहरूको बैठकले विपक्षी एमालेसँग सहमति हुने सम्भावना टरेको भन्दै गठबन्धन दलबीचमा मात्रै सहकार्य गर्ने निर्णय गरेको थियो ।

विपक्षी एमालेले ६ सिट पाउनुपर्ने दाबी गरेको थियो । गठबन्धनमा आबद्ध कांग्रेस र माओवादी केन्द्र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌बाट पारित गर्न सघाउने सर्तमा एमालेलाई ६ सिट दिन सकारात्मक बनेका थिए । तर अन्य दल सहमत नभएपछि एमालेसँगको सहकार्य नहुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४