Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा जाँदै गरेको बस तनहुँमा अनियन्त्रित भएर खस्यो, ३२ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १९ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणकाअनुसार बस सडकबाट अन्दाजी ५६ फिट तल खसेको छ । घाइतेमध्ये २९ जनाको तनहुँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । दुई जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र एक जनालाई मणिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उपरीक्षक खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका-६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४