Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १७ २०८०
  • 4K
    SHARES

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।
सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो ।

३० जना बचत कर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंया रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ । नेपालमा नै वनको आधारमा सामुदायिक वन कर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पूजीँ १५ करोड भन्दा बढी पुञ्याउने लक्ष्य रहेको जनाएको छ ।

सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताउनुभएको थियो । जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्या ग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उहाँले बताउनुभयो ।
साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश माविका प्रबन्धक रवीन्द्र कुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्र कुमार थापाले गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो ।
यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४