पुष्कर खड्का
काठमाडौ । समृद्धि अनलाइन खबरका संचालक तथा पत्रकार सुबिनराज सेर्पालिलाई पितृ शोक परेको छ। उनका बुवा तेजबहादुर सेर्पालीको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
फोक्सोको क्यान्सरबाट पीडित सेर्पालीको बिहीबार १२ः५५ बजे उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा निधन भएको सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिएका छन् ।
स्वर्गीय सेर्पालीको शुक्रवार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।