Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १० २०८०
  • 3.8K
    SHARES

काठमाडौं । आज मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ ।

नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ ।

यसैगरि आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र,साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ ।

यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । ज्यापु संस्कृतिको रक्षाका लागि प्रत्येक वर्ष योमरी पुन्हीको दिन ज्यापु दिवस मनाउने गरिन्छ ।

यस्तै आज किरात समुदायको मुख्य चाड उधौली पर्व हो । किरात समुदायका केही जातजातिले आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४