Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विज्ञापन बजार धरासायी हुँदा आमसञ्चार क्षेत्र नै संकटमा परेको विज्ञापन व्यावसायीको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ७ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । सञ्चाार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विज्ञापन व्यावसाय र विज्ञापन एजेन्सीप्रति कुनै पुर्वाग्रह नराखेको बताउनुभएको छ ।

नेपाल विज्ञापन संघको २४ औं साधारण सभामा बोल्दै उहाँले ब्यावसायीबाट आउने सुझावलाई गम्भिर रुपमा लिएर नीतिगत सुधार गर्दै जाने बताउनुभयो । मन्दीले सबै क्षेत्र प्रभावित हुंदा विज्ञापन बजार पनि प्रभावित भएको भन्दै उहाँले विज्ञापन बजार बढ्न आर्थिक क्रियाकलाप बढ्नुपर्ने बताउनुभयो । उहाँले विज्ञापन बजारमा भएका समस्याको अध्ययन गरी सुझाव आएमा विज्ञापन ऐन संसोधन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले आमसञ्चार क्षेत्र, विज्ञापन व्यवासाय लगायत सम्पूर्ण आर्थिक व्यावसाय नै अहिले जोखिममा परेको बताउनुभयो । विज्ञापन उद्योग समृद्ध र उन्नत उद्योग भएपनि सरकारले नबुझेको भन्दै उहाँले विज्ञापन एजेन्सीको १५ प्रतिशतको अधिकार सुनिश्चित गरिनुपर्छ भन्नुभयो । उहाँले विज्ञापन बोर्ड पनि भर्ति केन्द्र मात्रै बनेको आरोप समेत लगाउनुभयो ।

यस्तै, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन व्यावसाय कोमामा गईसकेको र विज्ञापन बोर्डको भूमिका पनि कमजोर देखिएको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले आफ्नो कार्यकालमा पहिलो पटक विज्ञापन एजेन्सीले कानूनी मान्यता प्राप्त गरेको भन्दै बोर्डले विज्ञापन एजेन्सीहरुको अधिकार खोस्ने र अवरोध नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सञ्चार माध्यमहरुले विज्ञापनको दर रेट सार्वजनिक गर्नुपर्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४