Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई गगनको सुझाव : उद्‌घाटन र शिलन्यासमा नजाने घोषणा गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ६ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्‌घाटन, शिलान्यासमा नहिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा १० पुसमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको एक वर्ष पुगेसँगै ‘बोल्ड डिसिजन’ लिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

पुस १० गतेको तपाईको घोषणामा पहिलो काममा माघ १० गतेसम्म म कुनै एउटा पनि उद्धघाटनमा जान्न,’ उदयपुरको कांग्रेस जिल्ला सम्मेलनमा प्रधानमन्त्रीलाई सुझाव दिँदै शुक्रबार थापाले भने,‘म एउटा पनि शिलान्यास कार्यक्रममा जान्न, म एक ठाउँमा पनि गएर बोल्दिन भन्‍ने हुनुपर्छ ।

बिहान ८ बजेदेखि सिंहदरबारमा प्रधानमन्त्री हुनुपर्ने उनले बताएका छन् । देशलाई बोल्ने प्रधानमन्त्री र मुख्यमन्त्री नभई काम र परिणाम दिने चाहिएको होइन उनले बताएका छन्  ।

प्रधानमन्त्रीले एक वर्ष पुगेपछि यो गर्छु र त्यो गर्छु भनिरहेको सुनेको बताउँदै थापाले भने,‘एक वर्ष राम्रो काम गर्छु भन्नका लागि अर्को एक वर्ष कुर्दैनौं ।

एक वर्ष साथ दिएको र अब नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग परिणाम खोज्ने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४