Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूकम्प्प प्रभावित पत्रकारलाई चार लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ४ २०८०
  • 3.6K
    SHARES

काठमाडौं। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ ।

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे रू चार लाखको चेक हस्तान्तरण गरेको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गरेक हुन्  । प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासङ्घले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिएक छन्  । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उनले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको बताएक छन्  ।

प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासङघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताएका छन्  । प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ थियो । उनका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।

महासङ्घबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताए । उनका अनुसार प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।

महासङ्घको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान रू चार/चार लाख आर्थिक सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४