Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको निर्देशनपछि कांग्रेसको ब्यानरबाट हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ३ २०८०
  • 4.8K
    SHARES

काठमाडौँ । सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा “विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं “इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं” मुख्य नारा लेखिएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पोखरा आइपुगेपछि ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए । नेपाली कांग्रेस गण्डकीका एक पदाधिकारीका अनुसार ब्यानरमा सभापतिको फोटो नभएकोप्रति पनि देउवाको आपत्ति थियो । त्योभन्दा पनि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएको ती पदाधिकारीले जानकारी दिएक छन्  ।

नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो । देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

‘व्यानरमा सभापतिकै फोटो नभएको र व्यानरमा लेखिएको नाराप्रति पनि देउवाजीको आपत्ति रह्यो । त्यो नाराले पार्टीमाथि झनै प्रश्न उठ्ने उहाँको भनाइ थियो’, सँगै रहेका ती व्यक्तिले हामी संग भनेक छन्  ।

नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको बताएक छन्  । ‘ब्यानरका नारा गण्डकीले नै तयार पारेको हो । ब्यानरमा अशुद्ध लेखिएकाले हटाइएको भन्ने मैले जानकारी पाएको छु’ लामिछानेले भने,यसबारे यथार्थ मैले नै पनि पत्ता लगाइसकेको छैन ।

भर्खरै नेपाली कांग्रेसक नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवा खेमाको अनुमान हुनसक्ने नेताहरुको भनाइ रहेको छ ।

निर्वाचित भएको दुई वर्षपछि नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा आज र भोलि चल्ने सम्मेलनमा राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल हुनेछ ।

नेपाली कांग्रेसको प्रथम सम्मेलनको ब्यानर सोमबार राति नै तयार गरिएको थियो । मंगलबारदेखि पोखरा सभागृहमा सुरु भएको व्यानरको नारा गण्डकी प्रदेश समितिले नै तयार गरेको हो ।

जनता दास र नेताहरु मालिक हुन् भन्ने व्यवहारले देखाइराखेको गण्डकी प्रदेश सभापति शर्माले कार्यक्रममा बताएक छन्  । सत्तामा जहाँ गयो, त्यहीं विवादित, जुन ठाउँमा जित्यो, त्यहीं जनताको सेवक नेताले नमानेको उनको भनाइ थियो ।

‘शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो’ उनले भने, ‘हामी कोही मालिक होइनौं, जनता हुन् ।’ देश संघीय संरचनामा गइसकेको भए पनि संघले कानुन नबनाइदिएर प्रदेश सरकारहरुले काम गर्न नसकिरहेको भन्दै शर्माले देउवाको ध्यानाकर्षण समेत गराएक छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४