Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै राष्ट्रपति पौडेलले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरुले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमालहरु काला पहाडमा रुपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरुले कार्बन उत्सर्जनको कामलाई न्युनिकरण गर्दै लैजान नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४