Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालिकाको शव नग्न अवस्थामा भेटियो, बलात्कारपछि हत्याको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २९ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । धनुषामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।

२४ घण्टादेखि हराइरहेकी उनको शव बिहीबार बेलुका करिब ७ बजे फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए । ‘तलको भागको कपडा छैन। शरीरमा रगतजस्तो देखिएको छ । संवेदनशील अंगमा चोट देखिएको छ,’ उनले भने, ‘बलात्कारकै आशंका छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला ।’

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए÷नभएको खुल्ने उनको भनाई छ । विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा ती बालिका बुधवार साँझ आमासँगै गएकी थिइन् । त्यहीँबाट उनी बेपत्ता भएकी थिइन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक शमाले बताए । अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४