Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालकृष्ण खाँणको निवेदनमा आजै आदेश आउन सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको मुद्दाको निर्णयक सुनुवाइ उच्च अदालत पाटनमा भइरहेको छ ।न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त मुद्दाबारे निर्णायक सुनुवाइ जारी छ ।

पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिएको थियो ।

बिहीबारको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लाग्नेछ ।

सुनुवाइका क्रममा खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन् ।

त्यसैगरी अधिवक्ताहरू प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालको बहस बाँकी छ । उनीहरू अबको करिब १५ मिनेटमा बसह सक्नेछन् ।

त्यसपछि सरकारी वकिलले बहस गर्नेछन् । सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेमा खाणबारे उच्च अदालतले निर्णय सुनाउने छ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाँणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४