Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको सामना गर्दै अंकबिहीन नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २६ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’कै अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ ।

मंगलबारका दुवै खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेबाट सुरु हुनेछन् । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । भारतसमेत दोस्रो खेलमा पाकिस्तानसँग सात विकेटले नै पराजित भएको हो ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। नेपाल भने अंकबिहीन छ।

समूह ‘बी’मा बंगलादेशले चार अंक जोडेको छ भने श्रीलंका र युएईले दुईदुई अंक जोडेका छन् । यो समूहमा जापान अंकबिहीन छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४