Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २३ २०८०
  • 3.5K
    SHARES

काठमाडौँ । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४