Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्यालेस्टाइनी विद्रोही समुह हमासले इजरायलमाथि गरेको आक्रमण, दुई महिना पुरा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २१ २०८०
  • 2.4K
    SHARES

काठमाडौ । प्यालेस्टाइनी विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेको दुई महिना पुगेको छ । आफनो देशमा गरेको आक्रमणको बदलामा इजरायलले पनि गाजापट्टीमा कारवाही तीब्र पारेको छ । द्वन्द्वमा मारिेनेमा ६० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

नौ वर्षीया प्यालेस्टाइनी बालिका ताल अल अमासीले इजरायलीमा आक्रमणमा आफु मारिएमा शव पहिचान गर्न सजिलो होस भनी हातमा आफनो नाम लेखेको दृश्यले सबैको ध्यान केन्द्रित गरेको छ । गाजापट्टीमा जव इजरायलले प्रतिआक्रमण ग¥यो तब बालबालिकाको जिउने अधिकार मात्र हनन भएन डर र त्रासमा दिनरात गुजार्न बाध्य भएका छन् । गाजामा जव गोला बारुदको आवाज सुनिन्छ तव उनीहरु त्रसित हुन्छन् ।

त्यतिमात्रै कहाँ हो र आफनै सामुन्ने आफना अभिभावक गुमाउँदाको पीडा कल्पना भन्दा बाहिरको क्षण बनेको छ उनीहरुका लागि । गाजामाथि इजरायलले् गरेको हवाइ र स्थलगत आक्रमणमा घाइते भएकामध्ये ६० प्रतिशत बालबालिका रहेका छन् । आक्रमणमा परेर रगतमा लतपतिएका घाइते बालबालिकालाई सम्झाउनु अनि भग्नावेशषमा पुरिएका अवस्थामा भेटिएका बालबालिकाका शव बुझ्दाका कारुणिक दृश्यले कसको मन पोल्दैन र ? यस्तै तीन वर्षीय बालकलाई पुरिएको भग्नावशेषबाट निकालेर उनको परिवार सामु पु¥याउँदाको दृश्य हृदयविदारक छ ।

गाजामा जारी आक्रमणका कारण गाजा मसानघाट जस्तै बनेको र दिन प्रतिदिन बालबालिका मारिने गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटरेसले बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार गाजामा दैनिक १ सय ६० बालबालिकाको मृत्यु हुने गरेको छ भने दुई महिनाको अवधिमा १४ सय बालबालिका बेपत्ता भएका छन् । आक्रमणका कारण गाजाका ७० प्रतिशत घरहरु भग्नावशेषमा परिणत भएका छन् । त्यसक्रममा बालबालिका हुन् वा महिला, वृद्धवृद्धा वा युवाहरु नै किन नहुन् भग्नावशेषमा च्यापिएका उनीहरुको जिउँदै उद्धार गर्ने प्रयास जारी राख्दै हार गुहार गर्ने गरेका कारुणिक दृश्य दिनहुँ देखिने गरेका छन् ।

यस्तो निर्मम श्रृंखला कहिलेसम्म ? यसको राजनीतिक जोडघटाउ जे भएपनि र दोषी जुन पक्ष भएपनि यसको अन्त्य अपरिहार्य छ । युद्ध शुरु भएको दुई महिना भइसक्दा पनि युद्ध रोकिने कुनै लक्षण नदेखिएको आजको स्थितिमा संयुक्त राष्टसंघ र बाँकी विश्वले गम्भीर पहल गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४