Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालकृष्ण खाँणको निवेदनमा मंसिर २८ लाई तोकियो पेसी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २० २०८०
  • 2.8K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको छ ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको हो । आगामी मंसिर २८ गते हुने सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ ।

मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए । त्यहीकारण आगामी मंसिर २८ गते तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४