Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १६ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौंमा शनिबारबाट पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिबल) सुरु भएको छ ।

३९ देशका ३४० कलाकृति प्रदर्शनमा राखिएको छ । कला महोत्स्वको शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले कलाकारिता क्षेत्रमा अथाह सम्भावना रहेको बताउनुभयो । उहाँले कलाकृतिको माध्यमबाट देश तथा विदेशमा विभिन्न सन्देशमुलक अभियान सञ्चालन गर्न सकिने बताउनुभयो ।

मन्त्री लिम्बुले कलाकारिताको क्षेत्रलाई अझै बिस्तार गरेर लैजान सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले बिस्तारित रुपमा कलाकारितको क्षेत्रलाई अघि बढाउन सरकारले कहाँ र कसरी अघि बढ्ने भन्ने सुझाव विज्ञहरुले दिनुपर्ने बताउनुभयो । उहाँले विदेशी पाहुनासँग भएका सीपहरु, क्षमतालाई नेपाली समाजले सहजतापूर्वक ग्रहण गर्ने विषय भमहत्वपूर्ण ढंगले मेलामा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री लिम्बुले कलाकारिता क्षेत्रको विकास सरकार एक्लैले मात्रै नसक्ने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइपुगेका छन् । सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी छन् ।

कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४