Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १५ २०८०
  • 1K
    SHARES

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री लिम्बुले यस्तो बताउनुभएको हो । उहाँले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताउनुभयो ।

मन्त्री लिम्बुले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताउनुभयो । उहाँले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताउनुभयो ।

मन्त्री लिम्बुले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । मन्त्री लिम्बुले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४