Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १५ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमामाथि पाटन उच्च अदालतमा बहसको क्रम टुंगिएको छ ।

न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट निरन्तर सुनुवाइ भईरहेकोमा बिहीबार दुवै पक्षको बहस टुंगिएको हो ।

बहस टुंगिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले शुक्रबार आदेश आउने जानकारी दिनुभएको छ ।

गत असार १ गते काठमाडौ जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे थुनामा रहेका छन् । यस्तै शरणार्थी प्रकरणका विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ लगायत पनि थुनामा रहेका छन् ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोग उनीहरुमाथि लागेको छ । सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४