Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चौधरी ग्रुपको नयाँ अबैध धन्दा : अनलाईन जुवा खेलाउन नेपाली काँग्रेस सांसद चौधरीले बुहारीलाई दिए जिम्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १२ २०८०
  • 5.9K
    SHARES

काठमाडौं । सत्ता र शक्तीसंगै अबैधधन्दा चलाउदै आएको चौधरी ग्रुपले पछिल्लो समयमा सरकारले बन्द गरेको धन्दा खुलेआम रुपमा ‘अनलाईन जुवा’ खेलाउदै आएको भेटिएको छ । नेपाली काँग्रेसको संघिय साँसद तथा सो ग्रुपका अध्यक्ष बिनोद चौधरीकै योजनामा उनकै बुहारीलाई प्रयोग गरी “अनलाइन जुवा” खेलाउदै विद्यमान ऐन कानुनलाई समेत लत्याउदै आएको भेटिएको हो ।

प्राप्त विवरण अनुसार गत शुक्रबारदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) मा अप्रत्यक्ष रुपमा नेपालमा अवैध मानिएको अनलाइन जुवा खेलाउने ‘वनएक्स बेट’ को प्रचार चौधरी ग्रुप अन्तरगतको संस्थाले गरेको भेटिएको हो । जारी एनएसएलमा ‘वनएक्स न्यूज’ को नाउँमा ‘वनएक्स बेट’ अप्रत्यक्ष प्रचार–प्रसार गरिदै आएपनि सरकारी निकायले भने नदेखे झै बसेको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित नेपाल सुपर लिगमा मिडिया पार्टनरको रुपमा ‘वनएक्स न्यूज’ लाई समेटिएपछि ‘वनएक्स बेट’ को प्रवद्र्धन गरिएको पुष्टी भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विश्वका धनी तर विवादीत भारतीय मुलका नेपाली सांसद विनोद चौधरीकी बुहारी अध्यक्ष रहेको नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले सो अबैधधन्दा चलाउदै आएको छ ।

बिनोद चौधरीको छोरो निर्वाण चौधरीकी पत्नी आश्रयता कार्की चौधरीको कम्पनीले आयोजना गरेको प्रतियोगिताको पोष्ट म्याच प्रिजिन्टेसनको बोर्डमा ‘वनएक्स न्यूज’ लाई प्राथमिकताका साथ प्रयोग गरेको छ । तर उक्त साइट खोल्दा सिधै ‘वनएक्स बेट’ कै साइट खुल्ने गरेको छ ।

जसले गर्दा चौधरी पत्नी आश्रयता नेतृत्वको कम्पनीले ‘वनएक्स बेट’ को प्रवद्र्धन गरेको पुष्टी भएको छ । देशका सेलिब्रेटी मानिएका कलाकाको भिडियोमा लोगो प्रयोग भए बापत सुटिङस्थलबाटै हतकडी लगाएर पक्राउ गरेर थुनामा राख्ने प्रहरीले उक्त अवैध “अनलाइन जुवा” खेलाएको बारे भने अनभिज्ञा देखाएको छ ।

अर्थात सो अबैधधन्दालाई प्रश्रय दिने गरि प्रचारात्मक शैलीको प्रतियोगिता सुरु भएको ४ दिन वितिसक्दा समेत मौन बसेर चौधरीलाई सहयोग गरेको आरोप अहिले चौतर्फी रुपमा लगाइएको छ । पछिल्ला समयमा युट्युबरहरुले ‘वनएक्स बेट’ को नाम लिनमात्र होइन् सम्झन नै नचाहिरहेको बेला ससुरा बिनोद चौधरीको शक्तिकै आडमा आश्रयताले सो अबैधधन्दा चलाएको बताइएको छ ।

नेपाल प्रहरीले घराना र ठूला मानिसहरुले अनलाइन जुवाको प्रचारमा कुनै ‘एक्सन’ लिन समेत आँट गरेको देखिदैन । नत आश्रयताको कम्पनीको वेभसाइटमा कतै मिडिया पार्टनर भनेर लेखिएको छ न त ‘वनएक्स बेट’ को साइटमा नेपालमा उक्त प्रतियोगिता हुँदछ भनेर लेखिएको छ ।

तर, मैदान र मञ्चमा भने ‘वनएक्स बेट’ को अप्रत्यक्ष प्रचार गर्न भने छाडिएको छैन । गत जेठमा युट्युवमा ‘वनएक्स बेट’ को प्रचारप्रसार गरेबापत कतिपय कलाकारहरु पक्राउ परेका थिए भने कतिपय अप्रत्यक्षरुपमा देशबाहिर गएका थिए । नेपाल प्रहरीले युट्युबमा लोगो राखेकै भरमा ‘एक्सन’ लिएको थियो ।

यदि आश्रयता नेतृत्वको कम्पनीले प्रयोग गरिरहेको ‘वनएक्स न्यूज’ र ‘वनएक्स बेट’बीच रहेको सम्बन्धलाई प्रहरीले अनुसन्धान गरि देशका गहना मानिएका कलाकारलाई मात्रै होइन, मुलुक हाँक्छु भनेर पैसाकै भरमा राजनीतिमा लागेकाको परिवारलाई पनि अनुसन्धानको दायरामा ल्याएर छानबिन गर्नुपर्ने होइन र ?

‘वनएक्स न्यूज’ को साइटमा ‘वनएक्स बेट’ को एप डाउनलोड गर्नका लागि छुट्टै शिर्षक समेत बनाएर राखिएको छ । जसका कारण फुटबलको आयोजनाको आडमा ‘वनएक्स बेट’ को प्रचारमा आयोजक जुटेका छन् । रंगशालामा लिगको उपाधि र एनएसएलका निर्देशक श्रेयान्स कार्कीकै शब्दमा बिजेता हुने टिमले कम्तिमा ७० लाखदेखि बढीमा १ करोडसम्म पुरस्कारका लागि भिडिरहेका विभिन्न ९ क्लबका खेलाडीहरु भन्दा नेपाल प्रहरी अनुसन्धानमा भिड्नुपर्ने देखिएको छ ।

प्रतियोगित यही पुस १४ सम्म चल्ने जनाइएको छ भने कुल ४० खेल हुनेछन् । औधौगिक घरानाको परिचय दिदै आएको चौधरी ग्रुपको सदस्य नेपालमा खेलको आवरणमा अनलाइन जुवा प्रवद्र्धन गर्ने कम्पनीको सहयोगी देखिएको छ । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको आवरणमा चौधरी समूहकी सदस्य आश्रयता कार्की चौधरी अध्यक्ष रहेको कम्पनी अनलाइन जुवा खेलाउदै आएकी छिन ।

सो कम्पनीको अध्यक्ष कार्की चौधरी समूहका उपाध्यक्ष निर्वाण चौधरीको श्रीमती हुन् । सो कम्पनीको निर्देशकमा श्रीयंश कार्की छन् भने सिइओ सुदीप शर्मा नामका व्यक्ती रहेका छन् । सो वनएक्सवेटले वानएक्सन्युज नामको सेरोगेट कम्पनीमार्फत नेपालमा अनलाइन जुवाको प्रचार गर्न लिगको प्रयोग गरेको प्रस्टै हुन्छ ।

अनि लिग आयोजक जुवा कम्पनीबाट पाइने पैसाका आधारमा जुवा प्रवद्र्धनको सहयोगी बनेको छ ।चौधरी समूहले नेपालमा क्रिकेट फ्रेन्चाइज समेत आफ्नै कम्पनीबाट आयोजना गर्ने प्रयास गरेको थियो । क्रिकेटमा विवादित भारतीय कम्पनीको प्रवेश गराईएको छ ।

एन्फाको अनुमतिमा लिग आयोजना भइरहेकाले लिगमा हुने गैर कानुनी गतिविधिको भागिदार एन्फा पनि हुने देखिन्छ । वानएक्सबेटको उद्देश्य नै खेल सम्बन्धी प्रतियोगिताबारे डेटा लिएर जुवा खेलाउने नै हो । यसले लिग सम्बन्धी तथ्याङ्कहरू लिन आफू मिडिया पाट्नर बनेको प्रस्टै देखिन्छ । मिडियाको प्रयोजनको लागि भनेर लिइएको डेटा नेपालभित्रै रहेका आफ्ना सदस्यहरूलाई पूर्वानुमान लगाउने लगायतको जुवामा प्रयोग गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४