Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवतीहरू झिकाएर यौन धन्दामा लगाएको आरोपमा पक्राउ परिन् २१ वर्षीया निशा कार्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १० २०८०
  • 6K
    SHARES

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरिएको हो ।

उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाई छ । इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी-६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको डीएसपी कार्कीले बताए । पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यस्तै नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहमध्येका एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी-४ संगीत चोक बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेको डीएसपी कार्कीले बताए । उनीलगायतको गिरोहले सुनसरी बराहक्षेत्र-३ स्थित भरौलमा रहेको कित्ता नम्बर ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.नं ७५० को.ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा फर्जी बनाई बिक्री गरेको उनले बताए ।

बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहारीले जनाएको छ । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्कीले बताए । यो काम देव एक्लैले गर्न नसक्ने भन्दै अन्य गिरोहको पनि संलग्न रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ । पक्राउ परेकाबाट बयान लिने कार्य भइरहेकाले थप व्यक्तिको खुलासा हुने प्रहारीले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४