Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढाका टोपी र दौरा सुरुवाल लगाएका व्यक्ति प्रहरीको निशानामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ९ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनविरुद्ध सरकार कठोर रुपमा उत्रिएको छ । पहिलो दिनको प्रदर्शन नै झडपमा परिणत भएपछि शुक्रबार दोस्रो दिन प्रदर्शन नै हुन नदिने रबैयामा सरकार प्रस्तुत भएको हो । शुक्रबार तीनकुनेबाट प्रदर्शन सुरु गर्ने तयारमा आन्दोलनकारीहरु रहेकोमा प्रहरीले बिहानैदेखि धरपकड सुरु गर्‍यो । त्यस क्रममा प्रहरीले सडकमा हिंड्ने सर्वसाधारणलाई समेत मनपरी ढंगले पक्राउ गर्‍यो ।

मंसिर ८ अर्थात शुक्रबार आममानिसले सोचेका थिए कि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले झन् ठूलो प्रदर्शन गर्ने छन् । बिहीबार साँझ र शुक्रबार बिहान गरी बाहिरी जिल्लाहरुबाट प्रदर्शनमा सहभागी हुन मानिसहरु भित्रिएकाले शुक्रबारको प्रदर्शन झन् ठूलो हुने अपेक्षा आन्दोलनकारीहरुले गरेका थिए । तर, सरकारले उनीहरुलाई एकजुट हुनै नदिने रणनीति लिएपछि प्रदर्शन बिथोलिन पुग्यो ।

काठमाडौं जिल्ला प्रशासनले तिनकुनेमा प्रदर्शन गर्नै नदिने गरी प्रतिबन्ध लगायो भने बिहानैदेखि तिनकुने र त्यस आसपासको क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । त्यतिमात्र कहाँ हो र ? तिनकुने आसापसमा दुई तीन जना हिँडेको देखेपछि पक्राउ गर्ने हर्कतमा प्रहरी उत्रिएको थियो । अझै ढाका टोपी र दौरा सुरुवाल लगाएकाहरु प्रहरीका लागि असह्य जस्तै बनेका थिए ।

चिया खान बसेकादेखि काम विशेषले सपरिवार हिँडेकाहरु पनि प्रहरीको कब्जामा परेका थिए । बाटोमा हिड्नेहरुको अनावश्यक शरीर छाम्ने, केरकार गर्ने जस्ता व्यवहार पनि प्रहरीले देखायो । हचुवाको भरमा मनपरी समात्ने र लैजाने गरेकोमा सर्वसाधारणहरु आक्रोशित र अचम्मित बनेका थिए ।

पक्राउ परेका केहीको साथबाट नेपालको झण्डा र आन्दोनलसंग सम्बन्धित केही सामग्री फेला नपरेको पनि होइन । पक्राउ परेकाहरुलाई माइतीघर मण्डलामा बनेको प्रहरीका नयाँ भवनमा राखिएको छ । उनीहरुलाई भेट्न पुगेका राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई समेत उनीसंग भेट्न प्रहरीले दिएन । शाहीले शान्तिपूर्ण प्रदर्शनमा यति क्रुर दमन यसअघि कहिल्यै नदेखिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

पसरकारको व्यवहारले सरकार प्रसाईं पक्षको आन्दोलनसँग साँच्चिकै तर्सिएको त होइन ? भन्ने आशंका बढाएको छ । होइन भने असंगठित समूहहरुले थालेको शान्तिपूर्ण आन्दोलनप्रति यति कठोर व्यवहार किन ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४