Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीको बिपी राजमार्गमा सुरक्षा कडाइ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ७ २०८०
  • 6.3K
    SHARES

काठमाण्डौ। सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारीका साधनहरुलाई सुरक्षा कडाइ गरिएको छ ।

बिहीबार मंसिर ७ गते राजधानी काठमाण्डौमा हुने अभियन्ता दुर्गा प्रसाइँ समुहकोे विरोध कार्यक्रमलाई लक्षित गरी सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारीका साधनहरुलाई सुरक्षा कडाइ गरिएको हो ।

जिल्लास्थित सुरक्षा निकायले बुधबार र आज विहानैदेखि जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर बिपी राजमार्गको भिमान, सिन्धुलीमाडी, खनियाखर्क, खुर्काेटलगायतका स्थानहरुमा यातायातका साधनहरुलाई सुरक्षा निगरानी गरिरहेको छ ।

गृह मन्त्रालयको आदेश अनुसार बिपी राजमार्ग हुँदै राजधानी काठमाण्डौ भित्रिने सार्वजनिक तथा निजी सवारीका साधनहरुलाई जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर सडकमा रोक्ने र सोधपुछ गर्ने जस्ता कार्य भइरहेको छ ।

सवारीका साधनहरुलाई ठाउँठाउँमा रोकेर चेकजाँच गर्दा सास्ती भएको यात्रुहरुले बताएका छन् ।

बिपी राजमार्गमा विगतको तुलनामा राजधानी भित्रिने सार्वजनिक र निजि सवारीका साधनहरुको चाप समेत बढेको र यात्रुहरुको संख्या पनि बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

मंसिर ६ र ७ गते बिहानसम्म सिन्धुलीको बिपी राजमार्गबबाट एघार हजार ८ सय ५४ वटा साना ठुला सवारीका साधनहरु राजधानी काठमाण्डौ तर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४