Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले भन्यो अत्यावश्यक काममा मात्रै भोलि सवारी साधन चलाउनु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ६ २०८०
  • 6.5K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने भन्दै कार्यालयले अनुरोध गरेको हो ।

बिहीबार एकै दिन दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्न लागेका हुन् । सम्भावित असहज स्थितलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४