Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ६ २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ ।

तस्करले गहना बनाएर सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार केरूङबाट बेरुवा औठी लगाइ सुन आयात गर्न लागेको अवस्थामा उत्तरी रसुवाका तीन जना पक्राउ परेका छन् । यसपछि प्रहरीले गहना लगाउनेप्रति विशेष निगरानी बढाएको हो ।

केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले तीन जनासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ गोङगाङ का २९ वर्षीय सुरेश तामाङ, आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीका ३७ वर्षीय निमाटासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम बस्ने २३ वर्षीय ङवाङ लोप्चन तामाङ रहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय रुपैयाँ बराबरको सुन बरामद गरी कानुनी कारवाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइ सकिएको प्रहरीले जनाएको छ ।

यसैगरि गत आइतबार पनि प्रहरीको संयुक्त टोलीले बेरुवा औठी बनाएर ल्याएको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट १४ लाख ९१ हजार छ सय ८२ रुपैयाँ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाइ सकिएको प्रहरीको भनाइ छ ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहररुकोे प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४