Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईं र महेश बस्नेतले माइतीघरमा कार्यक्रम गर्न नपाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ४ २०८०
  • 4.7K
    SHARES

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो ।

दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टा छुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिएका छन्  ।

आचार्यले भने, सो क्षेत्र नजिकै अदालतहरू, अस्पतालहरू रहेका छन् । बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो । यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ । यदि कानुन विपरीतका काम भए कारबाही हुन्छ ।

प्रसाईँ र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै कडाइ गर्न लागेको हो ।

पछिल्लो समय उनीहरु एकअर्कालाई खुलमखुला अवरोध गर्दै आएका छन् । जबरजस्ती कार्यक्रम गर्न खोजे कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४