Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ४ २०८०
  • 4K
    SHARES

काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्।

ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन्। चार जना दम रोगी हुन्। भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन्।

यस्तै बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको पनि निधन भएको छ। सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो।

चिसोका कारण छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्रीको पनि ज्यान गएको छ।

दमरोगी कामी र कलेजोको सिरोसिस बिरामी भडेल चिसोले मृत्यु भएको बताइएको छ। भूकम्पबाट घाइते खत्रीको आइतबार निधन भएको हो। उनको स्थानीय मेडिकलमा औषधि गराइएको थियो। खत्रीलाई आइतबार उपचारमा लिने तयारी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिएका छन् ।

गत कात्तिक २४ देखि हालसम्म उनीहरूको मृत्यु भएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन्। भूकम्पपछि त्रिपालमुनिको बसाइँले गर्दा दीर्घरोगी र वृद्धवृद्धाको निधन भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४