काठमाडौं । नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि नेपालले जापानलाई ११६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनायो ।
नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।