Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकलाई दूरसञ्चार प्राधिकरणको पत्र : प्रतिबन्ध कार्यान्वयनमा सघाऊ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १ २०८०
  • 7.1K
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको बताएको थियो ।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पनि पत्र पठाएको पुष्टि गरे ।

उनका अनुसार शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति समेत बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४