Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तारुढ दलका कयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २७ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

सभापति रवि लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रीमा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताएका छन्  । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताएका हुन्  ।

उनले टिप्पणी गर्दै भनेका छन्, ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?

सभापति रवि लामिछानले मुलधारले ढोका बन्द गरेका कैयौं प्रतिभा सामाजिक संजालबाट उदाएको, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेको, सामाजिक संजालले फैलाएका कैयौ अफवाहलाई मुलधारले गलत प्रमाणीकरण गरेको पनि बताएका छन् । तर, उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको बिरोधको अर्थ नबुझिएको भन्दै के यो नेकपा माओवादी केन्द्रको मात्रै निर्णय हो र भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो । सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय नेकपा माओवादी केन्द्रको मात्रै हो त्  ? भन्दै प्रश्न गरेका छन् ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४