Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक दिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार नवौं जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २७ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले समुह चरणका सबै ९ खेल जितेको छ ।

अन्तिम खेलमा हिजो नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जित निकाल्ने एकमात्र टोली बनेको हो ।

जितका लागि ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल आउट भयो ।

भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले दुई दुई विकेट लिंदा विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतको लागि श्रेयस ऐरले अविजित १ सय २८ रन तथा लोकेश राहुलले १ सय २ रन जोडे ।

भारतले अब सेमिफाइनलमा बुधवार न्युजिल्याण्डको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बिहिवार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४